प्रदेश न. ५ को नीति कार्यक्रम आज प्रस्तुत

बुटवल । प्रदेश न. ५ को नीति कार्यक्रम आज प्रदेश सभाको बैठकमा प्रस्तुत हुँदैछ ।

आज अपरान्ह ३ बजे बोलाइएको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को लागि नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ ।

मन्त्री परिषदको मंगलवारमा बसेको बैठकले आज पेश हुने नीति कार्यक्रम पारित गरी प्रदेश प्रमुख उमाकान्त झालाई नीति कार्यक्रम वाचनका लागि अनुरोध गर्ने निर्णय गरेको थियो।

आगामी आर्थिक वर्षको नीति कार्यक्रममा चालु आर्थिक वर्षमा समावेश भएका कार्यक्रमलाई निरन्तरता दिनुका साथै प्रदेश योजना आयोगले तयार पारेको आवधिक योजनाका आधारमा कार्यक्रमहरु समेटिने बताइएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस