क्यानेडियन नागरिकविरुद्ध नेपालमा २५ वटा उजुरी

काठमाडौं । क्यानडामा पक्राउ परेका एक क्यानेडियन नागरिकविरुद्ध नेपालमा २५ वटा उजुरी परेका छन् ।

क्यानेडियन नागरिक पाउल म्याकार्थीले आफूहरूमाथि यौनदुराचार गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा उजुरी परेको हो ।

म्याकार्थीले युरोपियन युनियनका लागि भ्रष्टाचार नियन्त्रणसम्बन्धी कार्यक्रमको परामर्शदाताका रूपमा काम गर्दा बाल यौनदुराचार गरेको आरोप लगाइएको छ ।

क्यानडामा पक्राउ परेपछि उनको अपराध बाहिर आएको हो । उनीविरुद्ध नेपालमा समेत अनुसन्धान अघि बढाइएको सिआइबीका डिएसपी कवित कटवालले बताए । नयाँ पत्रिका

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस