नेपालमा पहिलोपटक ‘भर्चुअल’ शैक्षिक मेला हुने

काठमाडौं । नेपालमा पहिलोपटक ‘भर्चुअल’ शैक्षिक मेला हुने भएको छ । आगामी १० गतेदेखि १६ जेठसम्म नेपाल एडु फेयर हुन लागेको हो ।

भर्चुअल शैक्षिक मेलामा देशभरका जुनसुकै स्थानबाट पनि विद्यार्थी तथा अभिभावकले नेपालका शैक्षिक संस्थाबारे जानकारी लिन सक्नेछन् ।

सूचना प्रविधिको युगमा विद्यार्थी तथा अभिभावकले देशको जुनसुकै कुनाबाट पनि उत्कृष्ट शैक्षिक संस्थाका बारेमा आफ्नो उपयुक्त समयमा जानकारी तथा परामर्श लिन सक्ने नेपाल एडु फेयरका संयोजक सुरेश सिंखडाले जानकारी दिए ।

भौतिक रूपमा उपस्थित हुनुपर्ने शैक्षिक मेलाबाट भन्दा भर्चुअल मेलाबाट सहज रूपमा धेरै सूचना तथा परामर्श लिन सक्ने उनको भनाइ छ । नयाँ पत्रिका

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस