साढे ४ अर्ब कर तिर्न ताकेता सुमार्गीको कम्पनीलाई

काठमाडौँ । व्यापारी अजेयराज सुमार्गीको पारिवारिक लगानी रहेको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले ७ वर्षअघि आफ्नो ७५ प्रतिशत सेयर बिक्री गर्दा सरकारलाई पुँजीगत लाभकर नबुझाएको भेटिएको छ ।

कम्पनीको सेयर साइप्रसस्थित एयरवेल सर्भिसेज लिमिटेडमार्फत स्विडेनको कम्पनी टेलिया सोनेरालाई बिक्री गरिएको थियो ।

आन्तरिक राजस्व कार्यालय बानेश्वरले वैशाख दोस्रो सातादेखि करिब साढे ४ अर्ब पुँजीगत लाभकर तिर्न सुमार्गीको कम्पनीलाई ताकेता गरिरहेकोछ ।

राजस्व कार्यालयका अनुसार लामो समयसम्म नतिरेका कारण जरिवानासहित ४ अर्ब ३१ करोड ९५ लाख ७९ हजार पुँजीगत लाभकर निर्धारण गरिएको छ । कान्तिपुर दैनिक

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस