थिङ्क ट्याङ्कुका संयोजक मिश्रद्वारा राजीनामा

काठमाडौँ । मुलुकको आर्थिक, राजनीतिक, सामाजिक र प्रशासनिक मामलामा नीतिगत सुधारको सुझाव दिन ७ महिनाअघि गठित नीति अनुसन्धान प्रतिष्ठानका संयोजक प्राध्यापक चैतन्य मिश्रले आफ्नै कारण जनाउँदै राजीनामा दिएका छन् ।

प्राध्यापक मिश्रले आफ्नै कारण भनेपनि गत बर्ष असोज ७ मा गठित ५ सदस्यीय प्रतिष्ठानमा लामो समय कर्मचारी तथा अनुसन्धाताको पदपुर्ति गर्न मुश्किल भएको भन्दै प्रतिष्ठानभित्रै असहज अवस्था आइसकेको थियो ।

३ वर्षे कार्यावधि रहेको प्रतिष्ठानमा कार्यालय स्थापना, कर्मचारी तथा रिसर्चर नियुक्तिको सरकारी प्रकृयामै अघिल्लो ४ महिना बिताएपछि गत फागुनबाट मात्रै काम सुरु भएको थियो । कान्तिपुर दैनिक

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस