दोहोरो छानबिन सुरु नागरिकताबारे

विराटनगर  । भारत र नेपाल दुवै देशको नागरिकता लिने सुनसरीको इनरुवाका छगनलाल शर्माका विषयमा प्रशासनले छानबिन सुरु गरेको छ ।

व्यापारी शर्माले दोहोरो नागरिकता लिएको समाचार प्रकाशन भएपछि सुनसरी प्रशासनले छानबिन सुरु गरेको हो । छगनलाललाई झिकाउन जिल्ला प्रशासन कार्यालयले सोमबार पत्र पठाइसकेको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए ।

दोहोरो नागरिकताका विषयमा अनुसन्धान भइरहेको बताउँदै उनले शर्माको बयानपछि परराष्ट्र मन्त्रालयमार्फत भारतमा देखिएका कागजपत्र झिकाइने जानकारी दिए । कान्तिपुर दैनिक

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस