१३ दिनदेखि आमरण अनशनमा

काठमाडौं । अस्थायी शिक्षक विभिन्न माग राखी १३ दिनदेखि आमरण अनशनमा बसेका छन् ।

शिक्षक सेवा आयोगले स्थायीका लागि लिएको परीक्षामा अनुत्तीर्ण भएपछि विस्थापित नगर्नलगायतका माग राखी शान्तिवाटिकामा अनशन बसेका हुन् ।

अस्थायी शिक्षकलाई कुनै पनि बहानामा विस्थापित नगर्न र पुनः आन्तरिक परीक्षाको व्यवस्था गरी स्थायीको प्रक्रियामा लैजानुपर्ने उनीहरूको माग छ ।

पर्साकी नितु सिन्हा र जुम्लाकी राधा रावत २० वैशाखदेखि आमरण अनशनमा बसेका छन् । अनशनका कारण उनीहरूको स्वास्थ्यमा समस्या आएको छ । उपचारका लागि उनीहरूलाई वीर अस्पताल लानेरल्याउने गरिएको छ । नयाँ पत्रिका

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस