नेकपा स्थापना दिवसमा जिल्ला नेतृत्वको टुंगो

काठमाडौं । सत्तारुढ नेकपाले सोमबार ७७ जिल्लामा एकैचोटि अध्यक्ष र सचिवको घोषणा गर्दैछ । एकता सुरु भएको एघार महिनापछि नेकपाले जिल्ला तहको नेतृत्व टुंग्याएको हो ।

सोमबार नेकपाको ७०औँ पार्टी स्थापना दिवस पनि हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित चार नेताले तयार पारेको प्रस्तावलाई पारित गरेसँगै एकीकरणको मूल कामले पूर्णता पाएको हो ।

यसअघि फरक मत राख्दै आएका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि अध्यक्षद्वयले सहमतिमा ल्याएको नेकपा स्रोतले बतायो ।

सचिवालय बैठकले भूगोलबाहेकका प्रवास कमिटी, केन्द्रीय सम्पर्क समन्वय कमिटी, उपत्यका विशेष प्रदेश र त्यसअन्तर्गतका तीन जिल्लासँगै २२ जनसंगठनको एकीकरण भने टुंग्याउन बाँकी छ ।

एकताको बाँकी काम पनि केही दिनमै सक्ने नेताहरूले बताएका छन । निर्वाचन क्षेत्र र स्थानीय तहमा भने जिल्लास्थित कार्यदलले नै अधिकांश स्थानमा भागबन्डा गरिसकेका छन । -नयाँ पत्रिका

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस