‘गण्डकमा पानीजहाज चलाइन्छ र चल्छ पनि’

नवलपुर । प्रधानमन्त्री केपी ओलीले गण्डकमा पानीजहाज चलाउने सपना आफूले देखेकाले छिट्टै पूरा हुने बताएका छन । शनिबार कावासोतीमा नवलपुर जिल्लाको नमुना सदरमुकाम शिलान्यास कार्यक्रममा उनले गण्डकमा पानीजहाज जसरी पनि चलाउने बताएका हुन । ‘तपाईंहरू कसैले माग गर्नुभएको थिएन गण्डकमा पनीजहाज चलाउनुपर्छ भनेर, मैले भन्या हो । गण्डकमा पानीजहाज चलाइन्छ र चल्छ,’ ओलीले भने ।

प्रधानमन्त्रीले नवलपुर जिल्ला सदरमुकाम कावासोती देशकै नमुना सदरमुकाम हुने बताए । ‘नवलपुरको होइन, यो त देशभरिकै नमुना सदरमुकाम हो । भविष्यमा साँच्चै नै स्मार्ट सिटी कसरी बन्दोरहेछ? कसरी बनाउनुपर्दो रहेछ भनी देशभरका मानिस हेर्न आऊन ’ प्रधानमन्त्रीले भने । -नयाँ पत्रिका

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस