राजपाले मनायो तेस्रो स्थापना दिवस

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले शनिबार तेस्रो स्थापना दिवस मनाएको छ । सो अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी नेताहरूले पार्टीलाई बधाई तथा शुभकामना दिएका छन।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टीका नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई, राप्रपा (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर राणा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा रापजा अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारी, महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झालगायतका नेता तथा कार्यकर्ता उपस्थिति थिए। अध्यक्षमण्डलका पूर्वसंयोजक महन्द्र यादव भने कार्यक्रममा सहभागी थिएनन्। उनी आफ्नो पारिवारिक कारण स्थापना दिवसमा आउन नसकेको राजपाका अन्य नेताहरूले बताएका छन।

२०७४ वैशाख ७ मा तत्कालीन तराइ मधेस केन्द्रित ६ राजनीतिक दलबीच एकीकरण भई राजपा गठन गरिएको थियो । – नागरिक दैनिक

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस