भिभिआइपी हेलिकोप्टर खरिदमा साढे १४ करोड अतिरक्त व्ययभार

काठमाडौं । नेपाली सेनाको भिभिआइपी मिडियम हेलिकोप्टर अगस्टा वेस्टल्याण्डको खरिद गर्दा साढे १४ करोड अतिरिक्त व्ययभार थपिएको छ।

हेलिकोप्टर खरिदको आर्थिक प्रस्ताव स्वीकृतिमा ढिलाइ भएकाले अतिरिक्त व्ययभार व्योहोर्नु परेको हो । ०७४ कात्तिक ३० मा हेलिकोप्टर खरिदका लागि सम्झौता भए पनि प्रतीतपत्र खोल्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकलाई माघ १० मा १ अर्ब ७० करोडको चेक पठाइएको थियो । तर रकम अपुग भएका कारण कारबाही अघि नबढाएकोले २०७५ वैशाख २० मा १९ करोड १८ लाख थप गरिएको थियो।

उक्त अवधिमा युरोको विनिमय दर ११८ बाट वृद्धि भई १२८ रुपैयाँ पुगेकोले सम्झौता रकम युरो १ करोड ४३ लाख ३४ हजारको लागि करिब १४ करोड ६५ लाख नेपाली रुपैयाँ थप व्ययभार पर्न गएको महालेखा परीक्षकको रिपोर्टमा उल्लेख गरिएको छ।

अगस्टा वेस्टल्याण्ड हेलिकोप्टरको खरिद प्रक्रियामा समेत त्रुटि रहेको गत वर्षको महालेखाको रिपोर्टमा उल्लेख छ। काठमाडौंमा आइपुगेको उक्त हेलिकोप्टर खरिदका लागि सेनाले प्रतिस्पर्धाबिनै इटालीको एक कम्पनीसँग खरिद सम्झौता गरी प्रतितपत्र खोलेको थियो। -नागरिक दैनिक

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस