धर्मनिरपेक्षताविरुद्ध घरदैलो कार्यक्रम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मनिरपेक्षताविरुद्ध घरदैलो कार्यक्रम सुरु गरेको छ । बुधबारबाट देशभर कार्यक्रम सुरु भएको धर्मनिरपेक्षताविरुद्धको जनसंघर्ष कार्यक्रमका संयोजक एवं पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए । दुईदिने घरदैलोपछि ६ वैशाखमा देशभर धर्मनिरपेक्षताको ब्यानर र पोस्टर जलाउने कार्यक्रम रहेको उनले बताए ।

हिन्दू राष्ट्र पुनस्थापनालगायत २२ बुँदे माग राखेर गत ७ फागुनमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई राप्रपाले जनसंघर्षका कार्यक्रम घोषणा गरेको थियो । पहिलो चरणको कार्यक्रमअन्तर्गत राप्रपाले हिन्दू राष्ट्र पुनस्थापना हस्ताक्षर संकलन अभियान, संघ, प्रदेश र जिल्लाका प्रशासनिक कार्यालयमा धर्ना तथा प्रदर्शन र विकासकेन्द्रित कार्यालयमा भ्रष्टाचारको अन्त्यलगायतका माग राखेर एक घन्टा धर्ना कार्यक्रम गरिसकेको छ ।

६ वैशाखको कार्यक्रम हिन्दू राष्ट्र पुनस्र्थापनाको एजेन्डालाई नयाँ चरणमा लैजाने ‘टर्निङ प्वाइन्ट’ हुने राप्रपाले बताएको छ । प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले ६ वैशाखको कार्यक्रम विगतदेखि हालसम्म सञ्चालन भएको हिन्दू राष्ट्र पुनस्थापना आन्दोलनको संश्लेषण गर्दै नयाँ चरणमा प्रवेश गर्ने बताए । -नयाँ पत्रिका

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस