हुरीपीडितलाई भूकम्पपीडितको सहयोग

बारा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिकाबाट आएको टोलीले मंगलबार भारतसँग सिमाना जोडिएको बारा–पर्सा जिल्लाका हावाहुरी पीडितलाई नगद सहयोग हस्तान्तरण गरेको छ।

हावाहुरीमा परी मृत्यु भएका बारा–पर्साका २३ परिवारका सदस्यलाई सुनकोसी गाउँपालिकाबाट प्राप्त जनही २१ हजार पाँच सयका दरले नगद सहयोगलाई वितरण गरिएको हो।

सुनकोसी गाउँपालिका प्रमुख विनोद जिसी र पूर्वसूचना तथा सन्चारमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको नेतृत्वमा आएको टोलीले हावाहुरीमा ज्यान गुमाएकाहरूको परिवारलाई सहयोग हस्तान्तरण गरेको थियो।

चैत १७ गतेको विनाशकारी हावाहुरीमा परी बारा–पर्सामा चार भारतीयसहित २७ जनाको मृत्यु भएको थियो ।

‘२०७२ सालमा आएको भूकम्पका बेला सिन्धुपाल्चोक जिल्लामा ठूलो विपत् पर्दा बारा र पर्साबाट धेरै सहयोग भएको थियो,’ सुनकोसी गाउँपालिका प्रमुख विनोद जिसीले भने, ‘हामीलाई प्राकृतिक विपत्ति पर्दा सहयोग गरेको बारा र पर्सामा हावाहुरीले धनजन क्षति गर्दा सहयोग गर्नु दायित्व सम्झेर सकेको सहयोग गरेका हौं।’ -नागरिक दैनिक

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस