ठगीको समाचार लेख्दा पक्राउ

पोखरा  । साइबर अपराध मुद्दामा प्रहरीले पक्राउ गरी काठमाडौं पुर्‍याइएका ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई अदालतमा उपस्थित हुने गरी छाडिएको छ ।

बतास अर्गनाइजेसनका सञ्चालक सदस्य वीपेन्द्रराज बतासले साइबर अपराध मुद्दामा कारबाहीका लागि उजुरी दिएपछि प्रहरीले गिरीलाई पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेर पठाइदिन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो ।

‘आरोप र कसुरको अनुसन्धान केन्द्रले नै गर्छ,’ कास्कीका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले भने । ब्युरोले सोमबार प्रारम्भिक बयानपछि गिरीलाई मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने गरी काउन्सिलका प्रतिनिधिको रोहबरमा छाडेको पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

गिरीले गत शुक्रबार आफ्नो अखबारको अनलाइन संस्करणमा बतासविरुद्ध ठगी गरेको भन्दै पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीले आरोप लगाएको विषयमा समाचार लेखेका थिए । श्रेष्ठ र पहारीले बतासविरुद्ध ठगी मुद्दामा कारबाहीका लागि दिएको उजुरी कास्की प्रहरीले दर्ता गरेको छ । -कान्तिपुर दैनिक

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस