एक वर्षमै ४१ अर्ब २४ करोड राजस्व छुट

काठमाडौं  । सरकारले एक वर्षमा ४१ अर्ब २४ करोड रुपैयाँबराबरको राजस्व छुट दिएको छ । महालेखा परीक्षकको ५६औँ प्रतिवेदनअनुसार सरकारले आव ०७४/७५ मा सो रकमबराबरको राजस्व छुट दिएको छ ।

अर्थ मन्त्रालयले कार्य सञ्चालन कार्यविधि ०६५ को प्रावधानअनुसार विभिन्न सामग्रीको आयात–निर्यात तथा अन्य कारोबार गर्दा राजस्व छुट दिने व्यवस्था छ । सरकारले यसरी दिने राजस्व छुट तथा कर फिर्ताका विषयमा आलोचना हुने गरे पनि यसको प्रभावकारी समीक्षा हुन नसकेको सरोकारवाला बताउँछन ।

चालू आर्थिक वर्ष ०७५/७६ को आर्थिक ऐनबाट सरकारले मूल्य अभिवृद्धि कर फिर्तालगायतका व्यवस्था पुनरावलोकन गरी सुधारको सुरुवात गरे पनि राजस्व छुटमार्फत भने ठूलो रकम गुम्ने गरेको प्रतिवेदनले देखाएको छ ।

पछिल्लो समय १ प्रतिशत भन्सार शुल्कमा ठूलो संख्यामा एम्बुलेन्स भित्रिरहेका छन् । यसले एकातर्फ सरकारी राजस्व गुमेको छ भने त्यति संख्यामा एम्बुलेन्स आवश्यक छ–छैन भन्ने अध्ययन हुन सकेको छैन । -नयाँ पत्रिका

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस