केन्द्रले पठाएका कर्मचारी स्थानीय तहले फिर्ता गरे

काठमाडौं । संघीय सरकारले समायोजन गरी पठाएका कर्मचारीलाई केही स्थानीय तहले फिर्ता पठाएका छन । आफूसँग साविकमा कार्यरत कर्मचारी पर्याप्त भएको भन्दै संघीय सरकारले पठाएका कर्मचारी फिर्ता गरिएका हुन।

कर्मचारी फिर्ता पठाउने स्थानीय तहमा काठमाडौ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिका छन। मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले मन्त्रालयले समायोजन गरी पठाएका ३० जना कर्मचारी स्थानीय तहले फिर्ता पठाएको जानकारी आएको बताए।

स्थानीय तहले फिर्ता पठाएका कर्मचारीमध्ये १८ जना कर्मचारी मन्त्रालयको सम्पर्कमा आइसकेको र बाँकी सम्पर्कमा आउने क्रममा रहेको पनि उनले जनाए। स्थानीय तहले फिर्ता पठाएका कर्मचारी शाखा अधिकृतदेखि खरिदार तहसम्मका छन। फिर्ता पठाएका कर्मचारीको हकमा मन्त्रालयले एकदुई दिनमा बैठक गरी यसबारेमा निर्णय गर्ने अधिकारीले जनाए । -नागरिक दैनिक

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस