भिमसेन नेवाः समाजको अधिबेशन सम्पन्न

-हरिश ढकाल

बुटवल । नेवारी समुदायको भाषा, संस्कृति र रितिरिवाजको जगेर्ना गर्ने उद्देश्यले स्थापना भएको भिमसेन नेवाः समाज, बुटवल ३ को दोश्रो साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ । प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो साधारण सभा अधिबेशनले पुनः लिला प्रसाद श्रेष्ठको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति चयन भएको छ ।
नवनिर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा सहदेव श्रेष्ठ, उपाध्यक्षमा मन्जु श्रेष्ठ प्रधान, महासचिव गोपाल श्रेष्ठ, सचिव शोभा श्रेष्ठ, कोषाध्यक्ष शिव श्रेष्ठ र सदस्यहरुमा बाशुदेव श्रेष्ठ, अन्जुलता जोशी, ज्वाला श्रेष्ठ चयन भएका छन । यसैगरि लेखा समितिमा संयोजक गोपाल प्रधान, सदस्यहरुमा बिष्णु श्रेष्ठ र बाल प्रसाद श्रेष्ठ रहेका छन । भिमसेन नेवाः समाजका अध्यक्ष लिला प्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न सो अधिबेशन तथा साधारण सभाको उद्घाटन गर्दै प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले आफ्नो समुदायको हकहित संरक्षण र बिकास गर्दै मुलुकको शान्ति र समृद्धिको अभियानमा सहयोग पुराउन नेवा समाजका सदस्यहरुलाई आग्रह गर्नुभयो ।
सो कार्यक्रममा सल्लाहकार आनन्दभगत श्रेष्ठ, निमित्त वडाध्यक्ष चिनबहादुर गुरुङ्ग, बिश्व हिन्दु महासंघका अनुपमान सैंजु, निर्वाचन समितिका संयोजक लकुश श्रेष्ठ लगाएतले बोल्दै भिमसेन नेवाः समाजले आफ्नो समुदायको रितिरिवाज संरक्षणमा पुराएको योगदानको चर्चा गरेका थिए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस