बालविवाह रोक्न एकीकृत प्रयासको आवश्यकता

बुटवल । बाल विवाह अन्त्यको लागि एकिकृत आवस्यकता रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । सन् २०३० सम्म नेपालमा बाल विवाह अन्त्य गर्ने लक्ष्य राखिए पनि गरिबी बालविवाहको मुख्य कारण रहेको कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्रमा उल्लेख छ । ८१.७ प्रतिशत बाल विवाह गरिबीको कारण हुने उक्त कार्यपत्रमा प्रस्तुत गरिएको हो ।

प्रदेश नम्बर ५ को राजधानी बुटवलमा मंगलबार कपिलबस्तु ईन्टिग्रेटेड डेभलपमेन्ड सर्भिसेजले आयोजना गरेको बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ जारी भैसकेको सन्दर्भमा स्थानीय निकायमा प्रदेश स्तरीय कार्याशाला गोष्ठी कार्यक्रममा बाल विवाह अन्त्यको लागि स्थानीय तहको महत्वपूर्ण भूमिका खेल्न सक्ने बताईएको छ ।

प्रदेश नम्बर ५ का सामाजीक विकास मन्त्री सुर्दशन बरालले एकिकृत प्रयासबाट मात्र बाल विवाहको अत्य हुने बताएका छन । बाल विवाह समाजको लागि चुनौतीपूर्ण रहेको मन्त्री बरालले बताउँदै बाल विवाह अन्त्यको लागि सबैको प्रयास एक हुनु पर्नेमा जोड दिए ।

तराईमा बाल विवाह बढ्नु गरिबी, सामाजिक, सांस्कृतिक कारण हो उनले भने पहाडमा सामाजिक सञ्जालको दुरुपयोगले झन बाल विवाह बढ्दै गएको छ । सरकार मात्र लागेर बाल विवाह अन्त्य नँहुने बताउँदै बाल विवाह अन्त्यको लागि मिडिया, राजनीतिक दल , संघ सस्था , सामाजिक अगुवाहरु एक भएर अभियानमा लागे सम्भब हुने बरालले बताएका छन । स्थानीयतह अहिले बजेट र अधिकारले बलियो भएकाले पुर्वाधार विकासमा मात्र नलागेर समाजिक क्षेत्रमा पनि बजेटको सदुपयोगको आवश्यकता रहेका बताए ।

त्यस्तै जिल्ला समन्यवन समितिका सभापति एकराज विश्वकर्माले पुर्वाधार विकासले मात्र समाजको विकास हुन नसक्ने बताउँदै मानवीय विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन । वालविवाह अन्त्यको लागि स्थानीयतहरु एक भएर लाग्नु पर्ने बताउँदै यसको लागि सामुहीक प्रयास आवश्यकता रहेको बताए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस