युनाइटेड वेभरेज जुसहरू बजारमा

बुटवल । युनाइटेड वेभरेज प्रा.लिले पल्पी र हेप्पी ब्राण्डका नयाँ फ्लेबरका जुस बजारमा ल्याएको छ । मंगलबार बुटवलमा कार्यक्रम गरी प्रा.लिले जुसको बजार शुभारम्भ गरेको हो।
विगत ५ वर्षदेखि पल्पी ब्राण्डका दुई फलेबरका जुसहरु बिक्री गर्दै आएको युनाइटेडको अब थप नयाँ फ्लेबरका जुसहरु ग्राहाकले पिउन पाउने छन् ।
बिक्री वितरण शुभारम्भ गर्दै युनाईटेड वेभरेजका अध्यक्ष भेषराज दुवाडीले उद्योगले अन्तर्राष्ट्रिय स्तरको जुस उत्पादन गरेको बताउदै आगामी दिनमा विदेशमा समेत जुस निर्यात गर्न सकिने सम्भावना रहेको बताए ।
उद्योगले विभिन्न फ्लेबरमा १ लिटर, आधा लिटर तथा दुई सय पचास एमएलका जुसहरु बजारमा ल्याएको छ । उक्त प्रालिको अहिले १२ प्रकारका जुस बजारमा छन् । चितवनको रत्ननगरमा बिस्तार गरिएको उद्योगमा सुरुवाती चरणमा २० करोड रुपैयाँको लगानी गरिएको छ । जुस उद्योगबाट करिब २ सय जनाले रोजगारी पाएका छन् ।
विदेशमा बसेर सिकेको प्रविधिलाई स्वदेश भित्राएर सोही उद्योग सञ्चालन गरिएको कार्यकारी निर्देशक कृष्ण सापकोटाले बताए ।
गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष तथा कम्पनी संचालक सोम सापकोटाले कम्पनीमा नेपालका उद्योगी, गैरआवासीय नेपाली तथा विदेशबाट फर्केर नेपालमा विभिन्न क्षेत्रमा काम गरिरहेको युवाहरुको समूह ‘युथ भिजन इन्भेष्टमेन्ट कम्पनी’ को समेत लगानी रहेको छ ।
कार्यक्रममा बोल्दै रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष बाबुराम बोहोराले नेपाली उत्पादनको प्रयोग गर्ने बानीको विकास गर्न आवश्यक रहेकोमा जोड दिए । उनले उद्योगले उत्पादन गरेको सामग्रीको लागि बजार विस्तारमा सहयोग गर्न उद्योग संघ तयार रहेको बताए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस