रोटरी क्लव अफ बुटवलको अध्यक्षता नारायण पन्थ

बुुटवल । रोटरी क्लव अफ बुटवलको वर्ष २०१८/१९ का लागि प्राज्ञीक व्यक्तित्व रोटरीयन नारायण प्रसाद पन्थको अध्यक्षतामा नयां कार्यसमिति गठन भएको छ ।
समाजसेवी एवं शैक्षिक व्यक्तित्व पन्थ यस अघि क्लवको इलेक्ट प्रेसिडेण्ट हुन् हुन्थ्यो । त्रिभूवन विश्वविद्यालयमा उपप्राध्यापक रहनु भएका पन्थ रुपन्देहीका दुई दर्जन बढि सामाजिक संघ संस्थामा आवद्ध हुनु हुन्छ । शिक्षा क्षेत्रको विज्ञका रुपमा स्थापीत पन्थले नेपाल संस्कृत विश्व विद्यालयबाट मोदनाथ प्रसिद्धका महाकाव्यमा अलंकार शिर्षकमा विद्यावारीधि अन्तिम चरणमा पुराउनु भयको छ ।
पन्थले नेतृत्व गरेको क्वलको निर्वतमान अध्यक्षमा राजेन्द्र लम्साल, निर्वाचित अध्यक्षमा डिल्ली कुमार श्रेष्ठ, मनोनित अध्यक्षमा सुनिल श्रेष्ठ, उपाध्यक्षमा डा। तारा प्रसाद उपाध्याय, सचिवमा दया भण्डारी रहेका छन । त्यसैगरी कोषाध्यक्षमा यदुनाथ पाण्डे, सहसचिवमा रोमनाथ शर्मा, सह कोषाध्यक्षमा रामवहादुर भण्डारी रहेका छन् ।
त्यसैगरी क्लवको प्रशासन समितिको निर्देशकमा सूर्य राना, परियोजना सेवा समितिको निर्देशकमा बोनिन पिया, मेम्मरसिप समितिको निर्देशकमा खेम पुन, रोटरी फाउण्डेशन समितिको निर्देशकमा खेमनारायण पराजुली, जनसम्पर्क समितिको निर्देशकमा प्रज्ववल थान्जुु, नयां पुस्ता समितिको निर्देशकमा करुण खनाल, साक्षरता समितिको निर्देशकमा मधु प्रसाद अर्याल, सर्जन एट आम्स प्रथममा यादव घिमिरे, सर्जन एट आम्स द्वितीयमा लक्षमण श्रेष्ठ, सम्पादकमा कृष्ण पराजुली , सह सम्पादकमा राजेन्द्र बहादुर जिसि चयन हुनु भएको छ । क्लवको संरक्षकमा अजयमान श्रेष्ठ रहनु भएको छ । उहाँ क्लवको पुर्व अध्यक्ष हुनु हुन्छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस