ट्रक अनियन्त्रित भई पल्टिदा ११ जना सामान्य घाईते

-पुनहरी घिमिरे

कपिलवस्तु । कपिलवस्तुको तौलिहवा भैरहवा सडक खण्ड अन्र्तगत कपिलबस्तु नगरपालिका ७ धरमपानियामा मालवाहक ट्रक दुर्घटना भएको छ ।

तौलिहवा बाट पराल बोकि जादै गरेको गरेको ना २ ख २५४८ नम्बरको ट्रक अनियन्त्रित भई बाटोमा पल्टिदा ट्रकमा रहेका ११ जना सामान्य घईते भएका छन । घाईतेहरुको डुमरामा रहेको स्थानीय मेडिकलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ । ट्रकले केहिबेर बाटो समेत अवरुद्व गरेको र ट्रक साईट लगाई बाटो सुचारू गरीएको प्रहरीले जनाएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस