मासु पसल व्यवस्थित नभएको गुनासो

कपिलवस्तु । शिबराज नगरपालिकाको मुख्यबजार चन्द्रौटामा रहेका दर्जनौ मासु पसल अव्यवस्थित भएको भन्दै गुनासो बढेको छ । अधिकांश मासु पसलले मापदण्ड पूरा नगरी बिक्रीवितरण गर्दै आएका उपभोक्ता बताउँछन् ।

सामान्य ओत तथा खुलाचौरमा झिंगा भन्किएकै मासु बिक्रि भइरहँदा पनि त्यहाका सयोंजक रामेश्वर अर्यालले चन्द्रौटा क्षेत्रमा केही दिनमै अनुगमन गर्ने र मापडण्ड बिपरित भए कार्वाही गर्ने बताउनुभयो ।

त्यस्तै जिल्ला उपभोक्ता हित संरक्षण मंचका जिल्ला अध्यक्ष होमनाथ पाण्डेले जिल्ला अनुगमन समिती सदरमुकाम केन्द्रित हुनाले अन्य क्षेत्रमा अनुगमन नहुने गरेको बताउनुभयो । चन्द्रौटा क्षेत्र मात्र नभइ जिल्ला भरिको मासुपसलको ब्यवस्थापनको लागि पटक पटक जानकारी गराउँदा समेत अनुगमन हुन नसकेको बताउनुभयो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस