बलात्कारको आरोपमा दुइजना पक्राउ

बर्दिया । बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार दुइजनालाई पक्राउ गरेको छ ।

गुलरिया ६ बस्ने इब्राहिम मनियार र बारबर्दिया नगरपालिका बनियाभारका नरबहादुर घिमिरेलाई बलात्कारको आरोपमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार गरलरिया र बनियाभारका अझै दुइृवटा बलात्कारका घटनाबारे उजुरी दिने पीडित पक्षको तयारी छ ।

समाचारमा लेखिएको छ, गत शनिबार यता बर्दियाका विभिन्न ठाउँमा बलात्कारका चारवटा मुद्दा दर्ता भएको र दुईवटा मुद्दा दर्ता प्रक्रियामा रहेको प्रहरीको भनाइ छ ।

माया प्रेममा धोका, मदिरा सेवन र सामाजिक सञ्जालको दुरुपयोगले बलात्कारका घटना बढेको प्रहरीको विश्लेषण छ । नागरिक दैनिक

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस