सम्मान एवं प्रशिक्षण कार्यक्रम

सुर्य भुसाल

अर्घाखाँची । देउराली यातायात अर्घाखाँची प्रालि अर्घाखाँचीको आयोजनामा सबारि चालक,सहचालक र गाडि धनिलाई दुई दिने ट्राफिक सम्बन्धि प्रशिक्षण कार्यक्रम सन्धिखर्कमा सुरू भएको छ ।

तालिमको एक समारोहबीच प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले पानसमा बत्ति बालेर उदघाटन गर्नु भएको कार्यक्रममा प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ट रामबाण गुल्मका गुल्मपति सुमन थापा सस्त्र प्रहरी नायब उपरीक्षक माधब रेग्मी प्रमुख अनुसन्धान अधिकृत बिनय चत्रुबेदि सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का अध्यक्ष युवराज वन्जाडे १२ का अध्यक्ष नारायण खड्का लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियोे ।

कार्यक्रमा चेम्बर अफ कमर्स का अध्यक्ष असोक कुमार श्रेष्ठ पत्रकार माहासघ का उपाध्यक्ष गणेश खनाल ट्राफिक कार्यलयका प्रमुख प्राचित श्रेष्ठ लगाएत चालक सहचालक हरुको उपस्थिति रहेको थियोे ।

कार्यक्रम देउरालि यातायात प्रालिका अध्यक्ष योगेन्द्र खड्का को अध्यक्ष ता सदस्य सचिब प्रेम पान्डे को सन्चालन सह अध्यक्ष भेष बहादुर बिसि को स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।देउरालि यातायात अर्घाखाँची को सबैभन्दा पुरानो अर्घाखाँची केन्द्रीय कार्यलय राखेको सस्था हो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस