पुरुष भन्दा कम छैनन् महिला

दाङ । लमही नगरपालिका वडा नम्बर ५ कोलही निवासी सरिता चौधरी घर बनाउने काममा पाको भैसकेकी थिइन् । न उनले औपचारिक तालिम लिएकी हुन् न त कतै पढेकी । पाँच वर्ष अघिनै घर बनाउने काममा पाको भैसकेकी थिइन् ।

लेबर काम गर्दा गर्दै उनी घर बनाउने मिस्त्री बनि सकिन् । पाँच वर्षदेखि उनले दर्जनौँ घर बनाउन आफ्नो श्रम र सीप खर्चिसकेकी छिन् । सुरुमा काम गर्दा पुरुष मिस्त्रि मात्र थिए । महिलाले घर बनाउन सक्दैनन कि जस्तो लागेको थियो । तर, उनले हात हालिन त आत्म विश्वास बढेर आयो ।

‘हेर्दा मात्रै गाह्रो हो । हात बस्यो भने त सजिलो छ’, उनले भनिन्, ‘महिलाले गर्न हुँदैन भनेर कहाँ लेखेको छ र? पुरुषले गर्ने हर काम महिलाले पनि गर्न सक्छन् ।’ सरिता अहिले मिस्त्रिको रुपमा कार्यरत छिन् । हातमा सीप भएपछि कामको कुनै कमि नहुने उनले बताइन् ।

‘हातमा सीप भयो भने दुई–चार रुपैयाँको अभाव हुँदैन’, उनले भनिन्, ‘काम गर्ने जाँगर हुनुपर्यो, हात मुख जोड्न दुःख छैन ।’ दैनिक उनले पाँच सय रुपैयाँ ज्याला पाउछिन् । लेबरको चार सय रुपैयाँ छ । हातमा सीप भएका कारण उनको ज्यालामा एक सय रुपैयाँ बढी छ ।

रमेश चौधरी पनि मिस्त्री काम गर्छन् । उनलाई सम्झना छ काम सुरु गर्दा मुस्किलले महिला मिस्त्री भेटिन्थे । तर, अहिले हरेक घर बनाउने काममा महिला मिस्त्री छन । ‘हामी मिलेर काम गर्छौँ’, उनले भने, ‘महिला–पुरुष भनेर काममा विभेद छैन ।’

महिला मिस्त्रीको संख्या बढ्दै
दाङको देउखुरी क्षेत्रमा निर्माणको काममा महिला मिस्त्रीको संख्या बढ्न थालेको छ । घर बनाउने काममा लेबरको रुपमा मात्रै महिला जिम्मेवारी दिइन्थ्यो । तर, अहिले मिस्त्रीको रुपमा महिलालाई कामको जिम्मेवारी दिन थालिएको हो ।

नेपाल निर्माण सम्बद्ध श्रमिक संघका अनुसार संघमा आवद्ध महिला मिस्त्रीको संख्या ३० जना भन्दा बढी छ । ती महिलाले हरेक दिन रोजगारी पाएका छन् । लेबरको संख्या भने चार सय जति रहेको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस