होटेलमा बास बसेका घर्ति मृत फेला

दाङ । घोराहीको एक होटेलमा एक जना मृत फेला परेका छन । दाङको बंगलाचुली गाउँपालिका– ८ रानीबास निवासी २३ बर्षीय लालु घर्ती आइतबार विहान मृत अवस्थामा फेला परेका हुन ।

शनिबार राती साथीहरुसँगै घोराही उपमहानगरपालिका–१५ ट्राफिक चोकस्थित शंकर होटेलको कोठा नं. २०६ मा सुतेका घर्ति बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिए ।

भारतको महाराष्ट्रबाट रोजगारी गरि फर्किदै गरेका घर्तीसहित ६ जना शनिबार होटेलमा बास बसेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

लिलाधर वली

वली दाङका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस