दिदीबहिनी समाजको साधारण सभा

बुटवल । रुरु च्युरेक दिदीबहिनी समाज बुटवलको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ ।

समाजका अध्यक्ष सुमित्रा पाण्डेको अध्यक्ष तथा सचिव कविता गौतमको संचालनमा सम्पन्न साधारण सभामा कोषाध्यक्ष कोपिला घिमिरे ज्ञवालीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतले पास भएको थियो ।

गुल्मीको रुरुबाट रुपन्देहीमा आएर बसोबास गरेका दिदीबहिनीहरुको सो समूहले नियमित आर्थिक संकलन गर्नुका साथै विविध रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

साधारण सभामा प्रमुख अतिथि समाजसेवी बद्रीनाथ पाण्डेले समाजले गरेका सामाजिक अभियानले समाजमा सकारात्मक सन्देश दिएको बताए । उनले दिदीबहिनी संगठित भएर गरेको व्यक्तित्व विकास तथा आर्थिक विकासले आत्मनिर्भरता बढेको र आगामी दिनमा थप रचनात्मक कार्यक्रम गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही सचिव रामप्रसाद आचार्यले दिदीबहिनीको सामाजिक तथा आर्थिक विकासका लागि समाजले रचनात्मक कार्ययोजना अगाडि बढाउन आग्रह गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष सावित्रा गौतम ज्ञवालीले दिदीबहिनी समाजले समाजमा पारेको सकारात्मक प्रभावका बारेमा चर्चा गरेकी थिइन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस