ट्रकले किच्दा साइकल यात्रीको मृत्यु

बुटवल । बुटवलको ट्राफिक चोकमा ट्रकले साइकल यात्रीलाई किच्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।

आज (शनिबार) दिउसो करिब १:१५ बजेको समयमा ट्रकले साइकल यात्रीलाई किच्दा साइकलमा सवार पाल्पाको रैनादेबी छहरा गाउँपालिका -६ घर भएका अन्दाजी वर्ष २५ का पुरन बहादुर रासकोटीको मृत्यु भएको हो । सोहि स्थानका वर्ष ३६ का थम्मन बहादुर रासकोटी घाइते भएका छन् । उनीहरुले बुटवलमा बसेर घर बनाउने काम गर्दै आएका थिए ।

घाइते  थम्मन बहादुर रासकोटीको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस