लुम्बिनीमा पर्यटकको ओईरो लाग्छ : मन्त्री लिला गिरी

बुटवल । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र लुम्बिनी संगै जोडिएका बुद्धत्वका स्थानहरुमा मानोरेल सञ्चालन पछि पर्यटकको ओईरो लाग्ने छ ,उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले  बताउनुभएको छ।  त्यसका लागि भने आवश्यक पुर्वधार निर्माण गर्नुपर्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय विमानहरुको सिधा उडान भैरहवामा हुदा बढि भन्दा बढि पर्यटक आउने भन्दै उहाँले पर्यटकको बसाई लम्बाउने खालका योजना र उनीहरुलाई राख्न स्तरिय होटल अझै आवश्यक रहेको उहाँले बताउनुभयो । उनले पर्यटकहरुलाई गाईड गर्नेहरुले समेत भाषाको ज्ञान हासिल गर्न आग्रह समेत गर्नुभयो ।

उहाँले शनिबार बुटवलमा केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रदेश सरकारले सुरु गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ सफल भइरहेको बताउनुभयो । ४ महिनाको अवधिमा प्रदेश सरकारले गरेका कामको मुल्याङकनका आधारमा भ्रमण बर्षका बारेमा टिकाटिप्पणी नगर्न आग्रह गर्नुभयो ।

त्यस्तै उहाँले लुम्बिनीको बृहत्तर विकासका लागि लुम्बिनी आसपासका क्षेत्रहरु अतिग्रहण गर्नुको विकल्प नभएको समेत बताउनुभयो ।

क्वाक्कले बनाएको गुरुयोजनामा लुम्बिनी संग जोडिएका क्षेत्रहरु समेत रहेको भन्दै संरचना निर्माणका लागि जग्गा अधिग्रहण गर्नुको विक्लप नभएको उहाँले बताउनुभयो। उहाँले लुम्बिनीको विकास हुनुले त्यहाँका जनताको जीवन स्तर माथी उठ्नु रहेको भन्दै विकासमा अवरोध गर्नु कसैका लागि पनि राम्रो नहुने बताउनुभयो।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य फकरुद्दिन खाँनले लुम्बिनी बाहिर पनि सरकारले जग्गा अधिग्रहण गर्न लागेको हल्ला फैलिएको भन्दै अब लुम्बिनीका जनताले जग्गा नदिने जानकारी गराउनुभयो ।

लुम्बिनीको विकासले त्यहाँका नागरिकलाई समेटन नसकेको भन्दै उहाँले अब जग्गा अधिग्रहण गर्न जनताले नदिने उहाँको भनाई थियो । बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष नवराज कुँवरले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले पुर्वधारमा लगानी गर्न आग्रह गर्नुभयो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस