हाइस दुर्घटना हुँदा ४ घाइते

नेपालगञ्ज । नेपालगञ्जमा गए राति हाइस गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । दाङ्गबाट नेपालगञ्जतर्फ आउँदै गरेको बा २ ख १८९७ नम्बरको यात्रुवाहक हाइस गाडी दुर्घटनामा परेको हो ।

नेपालगञ्जको कारकादोस्थित सडक डिभिजन कार्यालय अगाडि हाइस दुर्घटना हुँदा दुर्घटनामा परेर टीका देवकोटा, पूजा देवकोटा, रहिस बेहना र चक्रबहादुर रावत घाइते भएका छन् ।

घाइते सबैको नेपालगञ्जस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । तीब्र गतिमा रहेको हाइसले यात्रुलाई बचाउने क्रममा ग्रिनबेल्टमा चढेको थियो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस