२ जना फरार अभियुक्त पक्राउ

परासी । पश्चिम नवलपरासीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । कर्तब्य ज्यान मुद्दामा फरार रहेको सुनवल नगरपालिका ११ बस्ने ३७ बर्षिय गोविन्द प्रसाद कुमाललाई ११ बर्षपछि प्रहरीले पक्राउ गरी जिल्ला अदालतको आदेश अनुसार पुर्पपक्षका लागि कारगार पठाएको जिल्ला प्रहरी कार्यालयल  जनाएको छ ।

रामनगर ५ बस्ने लाल बहादुर सुनार र कमल सुनारलाई फलामे रड हानी गम्भीर घाईते बनाई कुमाल ११ बर्ष अगाडी फरार भएका थिए । गम्भीर घाईते मध्ये कमल सुनारको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले कर्तब्य ज्यानको मुद्दा चलाई कुमालको खोजतलास गरिरहेको थियो । अभियुक्त कुमाललाई प्रहरीले उनको घर नजिकैबाट पक्राउ गरेको हो ।

त्यस्तै प्रतापपुर गाउँपालिका १ बस्ने अशोक केवटलाई जबजस्तीकरणी मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरि अनुसन्धान थालेको छ । केवट २०७५ फागुन २८ गते परिवर्तित नाम एस भन्ने २२ बर्षिय युवतिलाई बर्दघाट नगरपालिका १३ धनेवा स्थित उखुबारीमा जबरजस्ती करणी गरि फरार भएका थिए ।

प्रहरीले पिडितको जाहेरी पाएपछि फरार अभियुक्त केवटको खोजतलाश गरिरहेको थियो । प्रहरीले सुचनाका आधारमा केवटलाई भदौं ६ गते उनकै घर नजिकबाट पक्राउ गरि थप अनुसन्धा थालेको प्रहरीले जनाएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस