अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालन

नवलपरासी ।  आइतबार साँझ आएको बाढीले नवलपरासीको अरुणखोलामा बनाइएको डाइभर्सन  बगाएपछि  पूर्ण रुपमा यातायात अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार डाइभर्सनको मर्मत गरेर झण्डै ३० घण्टापछि यातायात एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको हो ।

अहिले डाइभर्सनमा पालै पालो गरी पूर्वतर्फबाट छुटेका सवारीलाई एक घण्टा र पश्चिमतर्फबाट छुटेका सवारीलाई एक घण्टाका दरले वारपार गराउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पुल मर्मतको काम भइरहेको र अबको तीन–चार दिनमा नै काम सकिने सडक विभागले जनाएको छ ।

गएको साउन २९ गते अरुणखोला पुलमा ट्रक ठोक्किएर पुल भाँचिएको थियो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस