मुख्य मन्त्रि तथा मन्त्रिपरिषद को कार्यालय द्धारा छड्के

बुटवल । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. ५, बुटवलले आफू मातहतका कार्यालयहरुको अनुगमन तथा निरिक्षणमा तिव्रता दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्धारा मातहतका कार्यालहरुको आज  छड्के जाँच गरिएको हो ।

सोही क्रममा बुटवलमा रहेका शिक्षा निर्देशनालय र कृषि निर्देशनालयको छड्के जाँच गरेको छ । मुख्यमन्त्री कार्यालयबाट खटिएको टोलीले विहान १० बजे देखि  उक्त कार्यालयहरुको छड्के जाँच गरेको हो ।

२१ जना कर्मचारीमध्ये ६ जना अनुपस्थित

छड्केको क्रममा कृषि विकास निर्देशनालयमा २१ जना कर्मचारीमध्ये ६ जना अनुपस्थित रहेको देखियो । उपस्थित अन्य सबै कर्मचारीहरु कार्यालय समयभित्रै उपस्थित भएको र ड्रेसमा समेत रहेको पाइयो ।

त्यस्तै शिक्षा निर्देशनालयका २३ जना कर्मचारीमध्ये १३ जना कर्मचारीहरु कार्यालयको पूर्वस्वीकृत लिएर  पुरक परिक्षाको लागि विभिन्न १२ वटा जिल्लामा खटिएको पाइयो ।

अन्य सबै कर्मचारी नियमित समयमै उपस्थित रहेको पाइयो । मुख्यमन्त्री कार्यालयले आफू मातहतका कार्यालयहरुको निरन्तर अनुगमन र छड्के जाँच गर्न थालेपछि प्रदेश मातहतका कार्यालयहरुमा कर्मचारीहरुको उपस्थितीमा सुधार आएको छ ।

यसबाट सेवाप्रवाहमा सुधार हुदै गएको र कर्मचारीहरुपनि कामप्रति संवेदनशिल हुदै गएको देखिएको छ। केहि दिन अगाडी मुख्यमन्त्री कार्यालयले बुटवलमा रहेका यातायात कार्यालयहरुको छड्के गरेको थियो । छड्के तथा अनुगमन कार्यलाई निरन्तरता दिने र कार्यालयहरुलाई नमुना बनाउने दिशामा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सुचना अधिकारी यमकान्त पाण्डेले जानकारी गराउनु भयो।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस