मानव अधिकार संरक्षणका लागि दण्डहिनता अन्त्य हुनुपर्ने : रामाआ अध्यक्ष शर्मा

हरिश ढकाल
बुटवल । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष एवं पुर्व प्रधानन्यायधिश अनुपराज शर्माले नेपालमा मानव अधिकार संरक्षणको अवस्था सुदृढ हुन नसकेकोमा चिन्ता ब्यक्त गर्दै यसका लागि कानुन कार्यान्वयनमा प्रभावकारीता ल्याउनुपर्ने धारणा ब्यक्त गरेका छन ।

मुलुकमा दण्डहिनताको अन्त्य हुन नसक्दा मानव अधिकार उल्लंघनका घटना घटिरहेको र यसबाट बालबालीका झन प्रताडित हुनुपरेको उल्लेख गर्दै अध्यक्ष शर्माले मानव अधिकारको संरक्षण र खासगरि बालकेन्द्रित अधिकारका लागि तिनै तहका सरकार र सरोकारवाला निकायहरु शसक्त भएर अघि बढ्नु पर्ने आवश्यक्ता रहेको बताए ।

सो कुरा अधयक्ष शर्माले संयुक्त राष्ट्र संघ अन्तर्गत बिश्व मानव अधिकार आयोगमा सरकारी र गैरसरकारी क्षेत्रबाट प्रस्तुत गरिने प्रतिबेदनका सम्बन्धमा छलफल गर्ने उद्देश्यले बुटवलमा दुईदिने प्रादेशिक कार्यशाला गोष्ठीमा बताएका हुन ।

राष्ट्रिय मानव अधिकार आयोग र बालबालीका शान्ति क्षेत्र राष्ट्रिय अभियान नेपालको संयुक्त आयोजनामा तथा बिभिन्न संस्थाहरुको सहयोगमा संचालित सो गोष्ठीमा संयुक्त राष्ट्र संघमा प्रस्तुत गरिने प्रतिबेदन तयार गर्ने प्रकृया र पद्धतीबारे छलफल भएको थियो ।

प्रदेश ५ स्तरिय बिश्वब्यापी आवधिक समिक्षा तेश्रो चक्र बालकेन्द्रित नागरिक प्रतिबेदन संजाल नेपाल नामक सो प्रादेशिक कार्यशाला कार्यक्रममा बोल्दै सरकारी तथा गैरसरकारी क्षेत्रका सहभागि प्रतिनिधीहरुले नेपालमा मानव अधिकारको अवस्था प्रगतीतर्फ उन्मुख भएको बताए ।

बिश्व मानव अधिकार सम्बन्धी पहिलो र दोश्रो चक्रमा भन्दा तेश्रो चक्रमा आईपुग्दा नेपालको अवस्था सुधारउन्मुख रहेको चर्चा गर्दै सहभागिहरुले सरकारी र गैरसरकारी तर्फबाट प्रस्तुत गरिने प्रतिबेदनबिच सैद्धान्तिक रुपमा एकरुपता हुनुपर्ने बताए । नितिगत र प्राबिधिक रुपमा फरक भएपनि बस्तुगत र सैद्धान्तिक रुपमा दुबैथरि प्रतिबेदनबिच तारतम्य मिलेको हुनुपर्ने धारणा उनिहरुको थियो ।

सो अवसरमा बालबालीका शान्ति क्षेत्र राष्ट्रिय अभियान नेपालका राष्ट्रिय अध्यक्ष माधव प्रधानले बालबिवाह, बालश्रम, अनाथ, असहाय लगाएतका बिषयमा सरकार गम्भिर हुनसके बालकेन्द्रित अधिकार अधिकतम सुनिश्चित हुने धारणा ब्यक्त गरेका छन ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका उपाध्यक्ष सुमित्रा शर्मा, मानव अधिकार आयोग बुटवल कार्यालयका निर्देशक सम्झना शर्मा, कार्यपत्र प्रस्तोताहरु मधु दवाडी, मुरारी खरेल, कार्यक्रम संचालक रुद मर्साङ्गी लगाएतले नेपालमा मानव अधिकारको अवस्था र बालकेन्द्रित अधिकारका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा प्रदेश पाँचका १२ जिल्लामा बालबालीकाका क्षेत्रमा काम गर्ने ५० भन्दा बढि गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस