बेवारिसे युवतीको शव फेला

कावासोती । नवलपुरको त्रिवेणी गाउँपालिका ७ ब्यारेजपुल स्थित ३२ नं. ढोकामा मङलबार बिहान एक युवतीको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले  जानकारी दिएको छ ।

नामथर, ठेगाना नखुलेको अन्दाजी २० वर्षको जस्तो देखिने एक युवतीको शव घोप्टो परेर पानिमा तैरिएको अबस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

उक्त शवको  अनुसन्धान भैइरहेको प्रहरी निरीक्षक राजेन्द्र प्रसाद अधिकारीले  जानकारी दिए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस