माछालाई थापेको जालमा आफै परेर २ को मृत्यु

स्याङ्जा । चापाकोट नगरपालिका वडा नम्बर ५ को ज्याग्दी खोलामा माछालाई थापेको जालमा बेरिएर दुई जनाको ज्यान गएको छ ।

ज्याग्दी खोलामा माछा मार्ने क्रममा स्थानीय ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेको ज्यान गएको हो । निरबहादुरले फालेको जालमा आफै अड्किएर खोलामा डुबेपछि बचाउन जाने क्रममा नीरबहादुर पनि जालमा बेरिएको चापाकोट नगरपालिकाका सल्लाहकार विश्वास पुरीले जानकारी दिनुभयो ।

मृतकहरुको शवलाई पोष्टमर्टमका लागि वालिङ लगिएको प्रहरीले जनाएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस