वडाध्यक्षको कुटाईबाट ९ वर्षीय बालक घाइते

दाङ । घोराही उप-महानगरपालिका-४ का वडाअध्यक्ष भीमबहादुर सार्कीको कुटपिटबाट एक बालक घाइते भएका छन् ।

वडाध्यक्ष सार्कीले घोराही उपमहानगरपालिका-४ गोग्ली शान्तिनगरका नौ वर्षीय बालक भरत घर्तीलाई घर अगाडिको फूल टिपेको भन्दै  कुटपिट गरेका हुन् । फूल टिपेको आरोपमा अध्यक्ष सार्कीले बुधबार साँझ कुटपिट गरेको घाइते बालककी आमा रैमता घर्तीले बताइन् ।

कुटपिटबाट उनको बायाँ गालामा निलडामसमेत देखिएको छ । उनको घोराहीको नयाँबजार नाक, कान, घाँटी तथा डेन्टल केयर सेन्टरमा भर्ना गरेर उपचार गरिएको छ । बालकको कानमा केही फोहरसमेत जम्मा भएका कारण जालीको अवस्था बारे सातापछि मात्रै भन्न सकिने डाक्टर विक्रम बुढाथोकीले बताए ।

रातभर कान दुखेर बालक छट्पटाएपछि बिहान अस्पताल भर्ना गरिएको आमा रैमताले बताइन् । वडाध्यक्ष सार्कीले बदमासी गरेका कारण सम्झाउँदै सामान्य एक थप्पड टाउकामा हानेको स्वीकार गरे । उनले उपचारका लागि खर्च व्यहोर्ने बताए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस