बुद्धमूर्ति तोडफोडप्रति नेकपाको आपत्ति

तिलोत्तमा । सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा नगर क्षेत्रमा लुम्बिनीको झल्को दिने गरी राखिएका गौतमबुद्धका मूर्तिहरु तोडफोड गरिएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमाले आफू स्तव्ध भएको जनाएको छ ।

नेकपा तिलोत्तमा नगर कमिटीले बिहीबार एक विज्ञप्ती जारी गर्दै घटनाप्रति आफू स्तव्ध भएको जनाएको हो । नगर अध्यक्ष मोहन चापागाईंद्धारा जारी विज्ञप्तीमा बुद्धमूर्ति तोडफोड जस्तो अराजक गतिविधिप्रति खेद व्यक्त गर्दै उक्त कार्यमा संलग्नलाई पहिचान गरी कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ ।

विज्ञप्तीमा सामाजिक सदभाव तथा धार्मिक सहिष्णुता कायम राख्न र संयमता अपनाउन सबै पक्षलाई अपिल गरिएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस