अब राजस्व बैंक मार्फत मात्र दाखिला हुने

बाँके । जग्गा नामसारी, रजिस्ट्रेसन तथा लिखत पास, अंशबन्डाबापत भूमिसुधार तथा मालपोत कार्यालयलाई बुझाउने राजस्व अब बैंकमार्फत मात्र दाखिला हुने भएको छ ।

सरकारले निर्धारण गरेको राजस्व सीधै भूमिसुधार तथा मालपोत कार्यालयलाई बुझाइँदै आएकोमा सेवाग्राहीले अब नेपाल बैंक लिमिटेडमार्फत बुझाउनुपर्ने नियम लागू भएको छ । भूमिसुधार तथा मालपोत कार्यालयलाई बुझाउनुपर्ने रकम १ साउनदेखि बैंकमा दाखिला गरेर भौचर मात्र मालपोत कार्यालयमा बुझाउने प्रावधान लागू भएको कार्यालयका प्रमुख मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले बताए ।

‘मालपोत कार्यालयलाई बुझाउनुपर्ने सबै किसिमका राजस्व नेपाल बैंक लिमिटेड, सिटी कार्यालयमा दाखिला गरेको भौचर मात्र बुझाए हुन्छ । मालपोत कार्यालयले पनि नगद नलिएर भौचरलाई मात्र मान्यता दिनेछ,’ उनले भने । -नयाँ पत्रिका

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस