बस र मोटरसाइकल ठोकिदा १ को मृत्यु

बर्दिया । बाँसगढी नगरपालिका– ३ उत्तर भकारीस्थित महेन्द्र राजमार्गमा बस र मोटरसाइकल आपसमा ठोकिदा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ ।

बाँसगढी नगरपालिका–३ उत्तर भकारीका ३१ वर्षीय संरचना थारुले चलाएको भे१ख २८३६ नंको बसले  चलाएको भे४प ७८४ नंको नपा–४ बछुवाका ४५ वर्षीय छोट्राम चौधरीको मोटरसाइकललाई ठक्कर दिँदा उनको टाउकामा ठूलो चोट लागेकाले उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेजमा पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

अहिले उक्त बस र चालक थारुलाई प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस