जलमग्न दाङ: बोधिपुरका ५० घर डुबान

दाङ  । लमही–गढवा सडक खण्डअन्र्तगत बोधिपुरकोे कालोपत्रे अविरल वर्षाका कारण  बाढीले बगाएको छ ।

लगातार वर्षा भएको कारण आएको बाढीले बोधिपुर गाउँको एक महिना पहिले मात्रै गरेको कालोपत्रे बाढीले बगाएको छ ।

वर्षाका कारण आएको बाढीले सडक नै क्षतिग्रस्त बनाएपछि सवारी आवातजावतमा समस्या भएको छ ।  खोलापारि र वारि सवारीका साधनहरू रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङले अविरल वर्षाका कारण आएको बाढीले गढवा–५ बोधिपुरका ५० बढी घर डुबानमा परेको जानकारी दिएको छ ।

दाङ प्रहरी प्रमुख एसपीका अनुसार बोधिपुरका जगतराम चौधरीको घर डुबानमा परेर जोखिम भएपछि उनको १२ जनाको परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ  ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस