सयौं गाडी अलपत्र ,सिद्धार्थ राजमार्ग अझै खुलेन

बुटवल । अविरल बर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डमा पहिरो खसेर शनिबार दिउँसोदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अझैपनि खुल्न सकेको छैन ।

शनिबार दिउँसो ३ बजेदेखि अलपत्र परेका यात्रुमात्र हिँड्न मिल्ने बाटो बनाएर गन्तव्यमा पठाइए पनि यातायातका साधन चल्न सकेका छैनन् । सडकमै ठूला ढुंगा भएकाले पन्छाउन समस्या भएको छ । त्यसैले शनिबारदेखि नै सो क्षेत्रमा सयौं सवारी साधन अलपत्र छन् ।

राति दोभान, सिद्धबाबा क्षेत्रमा पानी परेकाले बाटो खुलाउन थप समस्या भएको दोभान प्रहरी चौकीका प्रमुख बालबहादुर घर्तीमगरले बताउनुभयो । ब्रेकर, डोजर, स्काभेटर परिचालन गरेर एकतर्फी यातायात सुरु गर्न पहल भइरहेको उहाँ भन्नु हुन्छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस