रोटरीको नियमित बैठक सम्पन्न

बुटवल । रोटरी क्लब अफ बुटवलको १२६८औ नियमित बैठक शुक्रवार क्लब सचिवलायमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख वक्ताको रुपमा उपस्थित भएका विषादी अन्वेषण दु्रत विस्लेषण प्रयोग शाला बुटवलका प्रमुख एवं बाली संरक्षण अधिकृत राम बहादुर खत्रीले बालीमा लागेको किरा नियन्त्रणको लागी प्रयोग गरिने विषादी पदार्थ स्वाथ्यको लागी घातक हुने बताउनु भयो । उहाँले तरकारी बालीमा प्रति हेक्टर १६०० ग्राम प्रयोग गर्नुपर्नेमा धेरै प्रयोग भएको बताउनु भयो ।

क्लबका अध्यक्ष दिल्ली कुमार श्रेष्ठको अध्यक्षता सचिव रोमनाथ शर्माको संचालनमा भएको कार्यक्रममा पुर्व अध्यक्ष राजेन्द्र ध्वजु, अजयमान श्रेष्ठ, महेन्द्र श्रेष्ठ, निर्वतमान अध्यक्ष डा नारायण प्रसाद पन्थी, रोटरीयन सोनु श्रेष्ठ, दिवाकर घिमिरे लगायतले आ आफ्नो भनाई राख्नु भएको थियो ।

सो अवसरमा रोटरीयन जेपि कडेल, करुण खनाल, कृष्ण पराजुली डा नारायण प्रसाद पन्थ लगायतको हर्ष बढाई गरिएको थियो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस