अतिक्रमित वन-सिमसार बन्दै

कपिलवस्तु । वनलाई अतिक्रमण गरेर घर बनाउने,खेती गर्ने जस्ता कामहरु भइरहेका हुन्छन । पछिल्लो समयमा वन अतिक्रमण गर्ने गिरोह नै रहेको छ । वनलाई अतिक्रमण गर्ने र केहि सस्तो मुल्यमा विक्री गरेको पाईन्छ । कपिलवस्तुको डिभिजन वन कार्यालय गौतमबुद्धले अतिक्रमित वनलाई पुनः वनमा परिणत गर्न विभिन्न प्रयास गरिरहेको छ ।

जिल्लाको दक्षिणि क्षेत्रमा रहेको गौतमबुद्ध साझेदारी वन समितिले अतिक्रमण गरेको वनलाई सिमसार क्षेत्र बनाउने भएको छ । विजयनगर गाउँपालिका ६ उज्जवलपुरमा रहेको उक्त अतिक्रमित क्षेत्रमा पोखरी निमार्ण गरी आम नागरिकलाई सिचाईको ब्यवस्था संगै सिमसार क्षेत्र बनाउन काम सुरु गरिएको वन व्यवस्थापन समितिका अध्यक्ष जानकी प्रसाद यादवले बताए ।

उज्जवलपुरमा करिव ५ विघा जग्गा वर्षै देखी स्थानियहरु अतिक्रमण गरेका थिए । सामान्य खेती भइरहेको उक्त जग्गालाई अतिक्रमण गरेका नागरिहरुलाई छलफल गराई उनिहरु बिच समिति गठन गरिएको अध्यक्ष यादवले बताए । “यस क्षेत्रका नागरिकहरुले खुसीका साथ कागज गरी वन क्षेत्रमा पोखरी निमार्ण गरिने भएको छ ,काम सुरु भइसकेको छ ”–अध्यक्ष यादवले भने ।

उक्त सिमसार क्षेत्रमा वोटिङको ब्यावस्था गरिने भएको छ । पोखरीमा जम्मा भएको पानीले करिव १ हजार विघा खेतीयोग्य जग्गालाई सिचाई गर्न सकिने जनाइएको छ । यस क्षेत्रलाई ब्यवास्थापन गर्न करिव १२ लाख लागत लाग्ने अनुमान गरिएको छ जसमा डिभिजन बन मार्फत ५ लाख बजेट छ भने साझेदारीले करिव ७ लाख बजेट लगाउने तयारी गरेको छ ।

नागरिकले अतिक्रमण गरेको जग्गालाई आयमुलक बनाई जनतालाई सहज वातावरण मिलाउने तयारी भएको डिभिजन वन कार्यालय गौतमुबुद्धका प्रमुख दुर्गा बहादुर कार्कीले बताए । पोखरी बाट आएको आम्दानी नागरिककै काममा लगाउने छौ कार्कीले भने । विजयनगरका अन्य क्षेत्रमा पनि बन अतिक्रमण धेरै रहेकोले त्यसलाई वनमा परिणत गर्नु आवश्यक रहेको उनले बताए । विजयनगरको नेवलीगंजमा २६.०३ हेक्टर,गुगौलीमा ३ हेक्टर,उज्वलपुरमा ६० हेक्टर,जैवावैराठमा ६८.५३ हेक्टर,मदनगरमा २६ हेक्टर,त्रिपालनगरमा ८४ हेक्टर,विरनगरमा २६ हेक्टर बन अतिक्रमणमा परेको डिभिजन बन कार्यालय गौतबुद्धले जनाएको छ ।

सिमसार क्षेत्र निमार्णको लागी पोखरीको काम सकिएको सहायक वन अधिकृत लालबावु झाले बताए । “अब बिरुवाहरु लगाउने काम बाकी छ छिटै यो काम पनि सम्पन्न हुनेछ” झाले भने । पोखरीमा जम्मा भएको पनि सिचाईको लागी प्रयोग गरीने उनले बताए । उक्त काम सकिएपछि समितिलाई हस्तानतरण गर्ने तयारी रहेको छ । वनले संचालन गुर्नभन्दा समितिले संचालन गर्दा राम्रो हुने भएकोले समितिलाई जिम्मम दिइने उनले जनाए ।

गौतमुबुद्ध साझेदारी वनले १ लाख ३० हजार बिरुवा उत्पादन गरेको छ । उक्त बिरुवामा सो क्षेत्रमा रहेका सामुदायिक वन निजि वन तथा अन्य क्षेत्रमा वृक्षारोपण गरीने जनाएको छ । आज मात्र ३० हजार बिरुवा सामुदायिक वनलाई वृक्षारोपणका लागी दिएका छौ अध्यक्ष यादले भने । वन जोगाउन समिति मात्र नभइ आम नागरिकहरु पनि सचेत भएर लाग्नुपर्ने उनले बताएका छन ।

माधव बेल्वासे

बेल्वासे कपिलवस्तुका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस