रुकुममा ढुंगाले च्यापिएर किशोरीको मृत्यु

रुकुम ।  रुकुम आठबीसकोट नगरपालिका–६ की १६ वर्षीया कौशिला बस्नेतको ढुंगाले च्यापेर मृत्यु भएको छ।

आठबीसकोट–६, जलिगारबाट गोतामकोटस्थित विद्यालय जाँदै गर्दा वर्षाका कारण माथिबाट आएको ढुंगाले च्यापेर उनको मृत्यु भएको रूकुम पश्चिम प्रहरीले जनाएको छ।

यसैबीच वर्षाका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ। यहाँका ग्रामीण क्षेत्रमा सञ्चालन हुने यातायातका साधनहरू चल्न सकेका छैनन्।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस