अस्पतालबाटै हरायो नवजात शिशु

पाल्पा । पाल्पाको प्रभासमा अवस्थित लुम्बिनी मेडिकल कलेजमा शुक्रबार मध्याह्नमा जन्मिएको एक शिशु दिउँसो ३ बजे अस्पताल परिसरबाटै हराएको छ ।

तानसेन नगरपालिका–९ बस्ने २२ वर्षीया जमुना रानाले जन्माएको शिशु केही घण्टामै हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी कार्यालयले जनाएको छ ।

सुत्केरी जमुनाको रेखदेख गर्न साथमा उनकी आमा अस्पतालमा आएकी थिइन् । अर्धचेत अवस्थामा रहेकी जमुनालाई आमाले झोलिलो खानेकुरा लिन क्यान्टिनमा नवजात शिशु काखमै बोकेर पुगेकी थिइन् । उनीसँगै एकजना अपरिचित महिलाले सहयोग गर्ने बहानामा सँगै गएको उनकी आमाको भनाइ छ ।

अपरिचित महिलाले शिशु आफूले अस्पतालको कक्षमा ल्याइदिने बहाना गरी ज्वानोको झोल जमुनाकी आमालाई लैजान पठाएको बताइएको छ । छोरीसँग पुगेको केही समयसम्म अपरिचित महिलाले शिशु लिएर नगएपछि खोजी कार्य भएको हो ।

प्रहरीका अनुसार सो घटनाबारे अहिले अनुसन्धान भईरहेको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस