नेपाल-भारत पत्रकार मन्च गठन

  • नेपाल-भारतका पत्रकारले जारी गरे ८ बुदें प्रतिबद्धता
  • भैरहवा । भैरहवामा सम्पन्न नेपाल र भारतका पत्रकारहरुको भेलाले नेपाल भारत पत्रकार मन्च गठन गरेको छ ।

    भारतको उत्तर प्रदेशका विभिन्न जिल्लाका ३१ जना प्रतिनिधी पत्रकार र नेपालको प्रदेश ५ का १२ जिल्लाका प्रतिनिधी पत्रकारको भेलाले उक्त मन्च गठन गरेको हो । नेपाल पत्रकार महासंघ प्रदेश ५ का अध्यक्ष मौसम रोकाको सभापतित्वमा सम्पन्न भेलाले नेपाल तर्फबाट नरेश के.सीलाई संयोजक चयन गरेको छ । यसैगरी भारत तर्फबाट गजेन्द्र त्रिपाठी संयोजक चयन भएका छन् ।

    नेपाल तर्फ बैठक हुँदा नेपालको संयोजक र भारत तर्फ बैठक हुँदा भारतको संयोजकले अध्यक्षता तथा नेतृत्व गर्नेगरी चयन गरिएको उक्त समितीमा नेपालको सदस्यहरुमा प्रदीप आचर्य (नेपाल), अमृत गिरी (नेपाल), कमल रायमाझी (नेपाल), रशाद लारी (भारत), रितेश मिश्रा (भारत), आलोक जोसी( भारत), दिपेन्द्र बडुवाल (नेपाल), मनोरन्जन शर्मा (नेपाल), शरद दीप(भारत), अरुण मुन्ना(भारत), भगवति पाण्डे( नेपाल), सतिष पाण्डे(भारत), भेषराज बस्नेत (नेपाल), तारा चन्द (नेपाल), गिरु भण्डारी (नेपाल) , दशरथ घिमिरे (नेपाल), अजित सिंह(भारत), निरज श्रीवास्ताव (भारत), शारदा मल्ल (नेपाल) , बालकृष्ण ओली –नेपाल), गुड्डु जयसवाल (भारत), मुक्ति न्यौपाने (नेपाल) , चिन्ता परियार (नेपाल) , आशिष साही (भारत) , नबिन लोचन (नेपाल) , अरबन्दि श्रीवास्ताव (भारत) र प्रेमनारायण आचर्य (नेपाल ) चयन भएका छन् ।

    यसैगरी भेलाले सल्लाहकार पनि चयन गरेको छ । नेपाल भारत पत्रकार मन्चको सल्लाहकारहरुमा नेपालको तर्फबाट बिनोद पहाडी, डिआर घिमिरे, मौसम रोका, भरत के.सी, चेतन पन्त, डा. शान्त कुमार शर्मा, शरद अधिकारी र सिपी श्रेष्ठ रहेका छन् । यसैगरी सल्लाहकारमा भारतको तर्फबाट हिन्दुस्तान टाइम्सका सहसम्पादक राजेश सिंह, दैनिक जागरणका बरिष्ठ समाचार प्रमुख राजनारायण मिश्रा र भारत नेपाल मैत्री समाजका अध्यक्ष अनिल गुप्ता रहेका छन् ।

    नवनिर्वाचित संयोजकद्वय तथा सदस्यहरुलाई भेलाका प्रमुख अतिथी बरिष्ठ पत्रकार बालकृष्ण चापागाईले बधाई ज्ञापन गर्दै नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउन नेपाल भारत पत्रकार मन्चले महत्वपुर्ण भूमिका खेल्ने बताए । सो अवसरमा नेपाल र भारतका पत्रकारहरुले आ-आफ्नो धारणा राखेका थिए ।

    बौद्ध परिपथ नै नेपाल भारतको समृद्धिको आधार

    बौद्ध परिपथको एकिकृत विकास मार्फत नेपाल र भारतको समृद्धिको आधार तय गरेमा फलदायी हुने बताईएको छ । नेपालको लुम्बिनीमा जन्मिएका बुद्धले भारतमा ज्ञान प्राप्ती र महापरिनिर्वाण प्राप्त गरेकोले जन्म, ज्ञान र महापरिनिर्वाण स्थललाई जोडेर बौद्ध सर्किट बनाउनुपर्ने दुबै देशका सरोकारवालाले बताएका छन् ।

    उद्योग, पर्यटन, बन तथा बातरण मन्त्रालय प्रदेश नं ५ ले आयोजना गरेको नेपाल भारत सम्बन्ध तथा पर्यटन प्रबद्र्धन विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले बौद्ध परिपथको निर्माण र सोही अनुसार दुईदेशीय पर्यटकको आवगमन एवं तेस्रो देशका पर्यटकको स्वागत गरेर मात्रै पनि दुबै देशले समृद्धि तर्फ सहजै अगाडी बढ्न सक्ने धारणा राखेका हुन् ।

    उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय प्रदेश नं ५ का सचिव धनन्जय पौडेलको सभापतित्व, लुम्बिनी भ्रमण बर्ष प्रचार-प्रसार समितीका संयोजक भरत के.सीको स्वागत तथा प्रचार समिती सदस्य नरेश के.सीको सन्चालनमा सम्पन्न कार्यक्रममा प्रा.डा लिला गिरीले लुम्बिनीको अन्तराष्ट्रिय महत्व र प्रदेश ५ का पर्यटकीय गन्तब्यको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सो अवसरमा नेपाल भ्रमण बर्ष २०२० का प्रदेश सदस्य चेतन पन्तले लुम्बिनीको भिडीयो डकुमेन्ट्री प्रस्तुत गरेका थिए ।

    भारतको उत्तर प्रदेश राज्यका विभिन्न जिल्लाका ३१ जना पत्रकारहरु, नेपालको प्रदेश नं ५ को १२ जिल्लाका पत्रकारहरु, लुम्बिनी भ्रमण बर्ष प्रचार प्रसार समितीका सदस्य तथा पर्यटन व्यवसायी र नेपाल भारत मैत्री समाजका पदाधिकारीहरुको सहभागीता रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री लिला गिरीले नेपाल भारत सम्बन्ध विस्तारमा बौद्ध परिपथले ठूलो भूमिका खेल्ने बताए । उनले नेपाल भारत दुबै देशले नागरिक स्तर र सरकारी स्तर दुबै तहबाट सम्बन्धलाई अझ प्रगाढ बनाउन र समृद्धिको आधार तय गर्न भूमिका खेल्ने बेला आएको समेत बताए ।

    उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले बुद्ध नेपालको लुम्बिनीमा जन्मिएता पनि ज्ञान प्राप्ती र महापरिनिर्वाण भारतमा गरेकोले बुद्धको सम्बन्धमा चर्चा गर्दा नेपाल भारत दुबैले एकिकृत योजना सहित गरेमा मात्रै फलदायी हुने बताए ।

    सो अवसरमा सिद्धार्थनगरका मेयर हरिप्रसाद अधिकारी, संविधानसभाका पुर्व सभासद तथा पत्रकार विनोद पहाडी, नेपाल भ्रमण बर्ष २०२० प्रदेश संयोजक माधब नेपाल, भारतीय बरिष्ठ पत्रकारद्वय राजनारयण मिश्रा र राजेश सिंह, नेपाल भारत मैत्री समाजका अध्यक्ष डा. शान्त कुमार शर्मा, भारत नेपाल मैत्री समाजका अध्यक्ष अनिल गुप्ता, होटल एशोसियसन नेपालका केन्द्रिय सदस्य सिपी श्रेष्ठ, नेपाल टुर एण्ड ट्राभल्स एशोसियसन अफ नेपालका प्रदेश अध्यक्ष विष्णु प्रसाद शर्मा लगायतले मन्तब्य राख्दै नेपाल र भारतको समग्र विकासकोलागी बौद्ध परिपथको विकास मूल आधार हुने बताएका छन् ।

    सो अवसरमा दैनिक जागरणका राजनारयण मिश्रा, हिन्दूस्तान टाइम्सका राजेश सिंह, आजतकका गजेन्द्र त्रिपाठी र भारत नेपाल मैत्री समाजका अध्यक्ष अनिल गुप्ता लगायतलाई नेपाली ढाका टोपी लगाएर सम्मान गरिएको थियो ।

    समृद्धि विमोचन

    सोही कार्यक्रममा लुम्बिनी भ्रमण बर्ष २०७६ को सन्दर्भमा प्रकाशित समृद्धि नामक जर्नलको विमोचन समेत गरिएको थियो । उमेश चन्द्र रिजाल प्रधान सम्पादक, गोकुल पोखरेल, नरेश के.सी, लक्ष्मी शर्मा सम्पादक र कमल रायमाझी प्रबन्ध सम्पादक रहेको उक्त जर्नल लुम्बिनी खबर सञ्चार गृहले प्रकाशन गरेको हो ।

    उक्त जर्नलमा पर्यटन विषयमा लेखिएका विभिन्न अनुसन्धानमूलक लेख समेटिएको छ । जर्नलको सञ्चार गृहका अध्यक्ष थानेश्वार पाण्डे, पर्यटन मन्त्री लिला गिरी, सचिव धनन्जय पौडेल लगायतले संयुक्त रुपमा विमोचन गरेका थिए ।

    नेपाल र भारतका पत्रकारले जारी गरे आठ बुदें प्रतिबद्धता

    नेपाल भारतका पत्रकारहरुको संयुक्त भेलाले नेपाल भारत सम्बन्ध तथा पर्यटन प्रवद्र्धनमा सञ्चारमाध्यमहरुको भूमिकाको विषयमा एकिकृत धारणा सहित ८ बुदें प्रतिबद्धता जारी गरेका छन् ।

    बरिष्ठ पत्रकार डिआर घिमिरे संयोजक रहेको प्रतिबद्धता लेखन समितीमा नेपालको तर्फबाट भगवति पाण्डे, प्रदीप आचर्य, अमृत गिरी, कमल रायमाझी, मनोरन्जन शर्मा र भारतको तर्फबाट शरद दीप, आलोक जोसी र रितेश मिश्रा सदस्य रहेका थिए । उक्त समितीले साझा धारणा बनाउदैं ८ बुदें प्रतिबद्धता जारी गरेको हो । समितीका संयोजक डिआर घिमिरेका अनुसार दुईदेशीय प्रतिबद्धतामा बुद्ध सर्किट निर्माण, दुबै देशका पर्यटकको दुबै देशमा सहज आवगमन , सिधा हवाइ र रेल यातयात सुविधा तथा पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसारमा संयुक्त रुपमा गर्नेगरी विभिन्न बुदां समेटिएको छ ।

    प्रतिबद्धतापत्रका ८ बुदांहरु:

    १. नेपाल भारत दुबै देशका पर्यटकहरुलाई दुबै देशमा सहज ढंगले भ्रमण गर्ने व्यवस्था मिलाउन, दुबै देशका नागरिकका निजी तथा सार्वजनिक सवारी साधनलाई दुबै देशमा सहज र समान ढंगले प्रयोग गर्ने वातावरण बनाउन दुबै देशका सरकारलाई आग्रह गर्दै यी विषयमा नियमित कलम चलाउने प्रतिबद्धता व्यक्त गर्दछौं ।

    २. बुद्ध जन्मस्थल पावन भूमि नेपालको लुम्बिनी, बुद्धले ज्ञान प्राप्त गरेको स्थान बोधगया, ज्ञानप्राप्तपछि पहिलो पटक धर्मदेसना (प्रवचन) गरेको स्थान सारनाथ र बुद्धले महापरिनिर्वाण गरेको कुशीनगरलाई समेटेर बुद्धिष्ट सर्किट निर्माण गर्न दुबै देशका सरकारले गरेको प्रतिबद्धता तत्काल कार्यान्वयनमा लैजान माग गर्दै दुबै देशका पत्रकारहरुले मिडियामार्फत पैरवी गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

    ३. नेपालको हिमालदेखि भारतको समुन्द्र जोड्ने सिधा र सहज मार्ग निर्माण गरि पर्यटन प्रवद्र्धन गर्न दुबै देशका सरकारको ध्यानाकर्षण गराउँदै मिडियाको माध्यमवाट प्रतिवद्ता ब्यक्त गर्दछौं ।

    ४. भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलदेखि भारतका पर्यटकीय सहरसम्म सिधा हवाई सेवा जोड्न तथा नौतनवा रेल वे स्टेशन देखि बोधगया, लखनउ, दिल्लीलगायतका सहरहरुसंग सिधा रेल सम्पर्कको वातारण बनाउन मिडियाका माध्यमबाट दबाब सिर्जना गर्ने प्रतिवद्ता ब्यक्त गर्दछौं ।

    ५. दुबै देशका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसारका लागि संयुक्त योजना बनाउन भेटघाट, छलफल र अन्तरक्रियालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दछौं ।

    ६ दुबै देशका पत्रकारहरुले आ-आफ्ना मिडियाका माध्यमबाट आपसी सद्भाव र भाइचारा कायम गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

    ७. दुबै मुलुकले आयोजना गर्ने अन्तर्रा्ष्ट्रिय स्तरका कार्यक्रम, भ्रमण वर्ष वा अन्य कार्यक्रमहरु गर्दा दुबै देशका मिडिया र मिडियाकर्मीलाई सहभागी गराउन दुबै देशका सरकारलाई आग्रह गर्दछौं ।

    ८. नेपालको प्रदेश नं. ५ र भारतको उत्तर प्रदेशमा क्रियाशिल पत्रकारहरुका बीचमा निरन्तर समन्वयका लागि यथाशीघ्र साझा संस्था निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

    बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

    प्रतिकृया दिनुहोस