छुट्टाछुटै सवारी दुर्घटनामा २ को मृत्यु

कपिलवस्तु ।  कपिलवस्तुको शिवराज नगरपालिका अन्तरर्गत छुट्टाछुटै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

विहिवार साझ करिव ५ बजेको समयमा पुर्व बाट पश्चिम जादै गरेको वा १६ च २२९६ नम्वरको कारले विपतरीत दिशा बाट आउदै गरेको लु ५ प ३७४८ नम्वरको मोटसाईकललाई ठक्कर दिदाँ शिवराज नगरपालिका ११ बस्ने ४८ वर्षिय रामपुजारी तेलीको ज्यान गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक मोतीलाल योञ्जनले बताए ।

त्यस्तै गत राती शिवराज ५ बालापुर मोडमा भएको बस र कार ठोकिदा एक जनाको मृत्यु भएको छ । पुर्व बाट पश्चिम जादै गरेको लु १ च ३७३९ नम्वरको कार र विपरित दिशा वाट आउदै गेरको लु २ ख ३१३६ नम्वरको वस दुर्घटना हुदा वुद्धभुमी नगरपालिका ७ बस्ने ३६ वर्षिय स्वतन्त्र प्रताप सिहको मृत्यु भएको निरिक्षक योञ्जनले बताए । दुवै घटनाको अनुसन्धान भइरहेको र सवारी ,चालक प्रहरीको नियन्त्रणमा रहेको उनले बताए

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस