रोकिराखेको ट्रकमा कार ठोक्किँदा १ को मृत्यु

परासी। पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ भूमहीमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा एकको मृत्यु  एक घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १६ च २७५१ नम्बरको कार गए राति ११ः३० बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत भूमहीमा लु २ ख ३१२१ नम्बरको रोकिराखेको ट्रकमा ठोक्किँदा कारमा सवार तिलोत्तमा नगरपालिका–३ का ४० वर्षीय गोर्कण पौडेलको मृत्यु भएको हो ।

उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

यसैगरी सोही कारमा सवार बुटवल उपमहानगरपालिका–४ का ३१ वर्षीय सुरेश पोखरेल घाइते रहेको र उनको पनि बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस