पाल्पामा पहिरोले गर्दा बिरामीलाई समस्या

पाल्पा । पाल्पामा लगातारको वर्षाले जनजिवन कष्टकर बनेको छ । पाल्पाको रामपुर देखि विभिन्न क्षेत्रमा पुग्ने सडक कच्चि भएका कारण आवात जावतमा समस्या बनेको हो ।

रामपुरदेखि तानसेन बुटवल, भिमाद तनहुँ हुदै कास्की पोखरा तथा नवलपुर हुँदै नारायणगढ तथा काठमाडौं जान आउन समस्या भएको छ । जताततै कच्चि मोटरबाटो छ ।

तत्काल पहिरो हटाउन समस्या भएकोले यात्रुले सास्ती बेहोर्नु परेको छ । निस्दी गाउँपालिका वेलडाँडा रिङदी क्षेत्र, पुर्वखोला गाउँपालिका वडानम्बर एक बासुका क्षेत्रमा झरेको पहिरोलाई हटाउन जेसिभिले काम गरेपनि पहिरो निरन्तर झरेको र पानी परिराखेका कारण समस्या भएको जव्गाडी प्रहरी चौकीका हवल्दार मेघराज बेल्वासेले जानकारी दिनुभयो ।

ठाउँ-ठाउँमा पहिरो खसेर बाटो अवरुद्ध हुदाँ बिरामीलाई तानसेन बुटवल तथा अन्यत्र अस्पतालमा लैजान समेत समस्या भएको रामपुर यातायात व्यवसायी समिती अध्यक्ष राजन पोख्रेलले गुनासो गर्नुभयो ।

रामपुरबाट एम्बुलेन्समा बिरामी राखेर काठमाडौँ लैजादै गर्दा पहिरोले रोकिनुपरेको रामपुरका राजेन्द्र प्रसाद लम्सालले गुनासो गर्नुभयो । बिरामीलाई एम्बुलेन्समा राखेर लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन लैजादै गर्दा बाटोमै करिव ३ घण्टा रोकिनुपरेको उहाँले बताउनुभएको छ । सम्बन्धित निकायले समयमै बाटो मर्मत पहिरो हटाउने काम नहुदाँ मानिसको अकालमै ज्यान समेत जान सक्ने भएकोले यसतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभएको छ ।

त्यस्तै रामपुर मोहटीका कृष्ण विकले पनि एम्बुलेन्समा सुत्केरी लिएर तानसेन लैजादै गर्दा बाटोमा नै करिव ३ घण्टा भन्दा बढि रोकिनुपरेको बताउनुभयो ।

सिर्जना घिमिरे

घिमिरे पाल्पा संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस